Archive for the ‘Writing’ Category

दशैं आयो रे…

DashainAayoRe
सबैको दशैं आयो तर मेरो पो कहाँ छ 
हेरीरहे दोबाटोमा खोइ कहाँ लुकी बसेछ
चङ्ग उडाउने दिन आए, मनमा रहर ल्याए 
भाई संग तास मा हारी रुँदै बसेका 
खोइ ति मिठा दिनहरु कहाँ छ |
आउंथ्यो दशैं कुनै बेला 
उत्साह र उमङ्ग समेटेर,
हीडीन्त्यो निधार रंगाउँदै, 
मान्यजनको आर्शिरवाध खन्याउँदै 
साथीसंघि संग पिंग खेल्दै, 
आफन्तहरुमा गफ हाँक्दै 
बिते ति दिनहरु समयको गतिसंगै |
आउला दशैं यसपाली पनि 
आउला दशैं यसपाली पनि 
एक्लो पन को आवास लिएर
सबै को दशैं आयो रे तर मेरो पो कहाँ छ 
हेरीरहे दोबाटोमा खोइ कहाँ लुकी बसेछ
खोइ कहाँ लुकी बसेछ | 
 
Advertisements